क्रिकेट खेलाडीको खेल भत्ता बढ्यो — OSNepal

क्रिकेट खेलाडीको खेल भत्ता बढ्यो

LC (KTM) June 10, 2021 0

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ आर्थिक कार्यविधि पारित गरेको छ । क्यान कार्यसमितिको बैठकले सो कार्यविधि पारित गरेको हो । दुई दशकपछि क्यानले कार्यविधिमा परिमार्जन गरेको हो । कार्यविधिमा खेलाडीको खेल भत्ता बढाइएको छ । खेलाडीले एक दिवसीय अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु १० हजार भत्ता पाउने छन् । यसअघि टी २० अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दा रु पाँच हजार भत्ता पाइन्थ्यो ।

यस्तै महिला खेलाडीले एक दिवसीय प्रतियोगिताको रु पाँच हजार र टी २० प्रतियोगितामा रु तीन हजार पाउनेछन् । खेलाडीले बन्द प्रशिक्षणमा दैनिक रु पाँच सय भत्ता पाउने कार्यविधिमा व्यवस्था गरिएको छ । घरेलु प्रतियोगिता हुँदा खेलाडीले रु पाँच सय भत्ता पाउने क्यानले जनाएको छ । क्यानले कोषाध्यक्ष रोशन सिंहका संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समितिका सदस्यमा दुर्गाराज पाठक र माधव कर्माचार्य रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर