युद्ध : मनसंग अन्तरमनको — OSNepal

युद्ध : मनसंग अन्तरमनको

LC (KTM) April 12, 2022 0
  • सुशिल खड्का

मन सँग अन्तरमन को युद्द चल्दा
शब्द हरु गोला बम बारुद बनि बर्षीरहेछन
रक्तनलीहरु उम्लियर गडगडाई रहेछन
आकासे हुरी मा अगो बलिरहेछ।
बिचलित नभै मन सँग अन्तरमन को युद्द चलिरहेछ ।

बिचार माथि बिचारका द्वन्द्वहरुबिच,
त्याग, निस्ठा अनि तपस्या डगमगाई रहेछन भन्ने
पिचासि सोच मनमा सल्बलाई रहेछन।
अन्तरमन भित्रका आशा स्तम्भहरु ढलीरहेछन।
करुणा बेदनाका चिखहरु गुन्जीरहेछन
मनसँग अन्तरमनको युद्द चलिरहेछ,
तूफानी हुरीमा असाको दिप बलिरहेछ ।

मनले असत्य लाई सत्य सबित गर्न खोजिरहेछ,
अन्तरमन ले सत्य को बाटो रोजिरहेछ
बुद्ध चेतनामा अगो बलिरहेछ
मस्तिष्क भित्र अक्रोस को ज्वाला दन्किरहेछ
मनसँग अन्तरमनको युद्द चलिरहेछ
तूफानी हुरी मा पनि असाको दियो बलिरहेछ ॥

आफु भित्र थिचोमिचोमा परी उद्देश्य बिलिन भईरहेछन
मस्तिष्क निस्प्राण बनेर जमीरहेछ
मन बिस्फोट गर भन्छ,
अन्तरमन धैर्यगर भन्छ,
मन जुरमुराउदै,
मुर्मुराउदै लडाईंमा भिडीरहेछ ।
रणभूमिमा अन्तरमन शान्ती खोजी रहेछ,
दिन रात मनसँग अन्तरमनको युद्द चलिरहेछ,
मनको रणभूमिको चितामा जीवन जलीरहेछ ॥

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर