बेलायती महारानीसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेश — OSNepal

बेलायती महारानीसमक्ष राजदूत रेग्मीद्वारा ओहोदाको प्रमाणपत्र पेश

LC (KTM) June 10, 2021 0

लण्डन, २७ जेठ – बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भर्चुअलरूपमा सम्पन्न उक्त समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाउनुभएको थियो । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृृद्धिको कामना गर्नुभएको दूतावासले उल्लेख गरेको छ ।

ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले राजदूत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो । साथै उहाँले बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको तथा नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको बताउनुभयो ।

महारानीले आफ्नो दुईवटा ऐतिहासिक नेपाल भ्रमणको क्षणको स्मरण गर्दै अहिले कोभिड–१९ का कारण नेपालको अवस्था र खोपबारेमा चासो व्यक्त गर्नुभएको राजदूत रेग्मीले बताउनुभयो ।राजदूत रेग्मीले बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक तथा आर्थिक विकासमा पु¥याएको सहयोग तथा हालै कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा पु¥याएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो । रेग्मी बेलायतका लागि २१औँ राजदुतका रूपमा हालै नियुक्त हुनुभएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर