काठमाडौंको व्यस्त चोक बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट राखियो — OSNepal

काठमाडौंको व्यस्त चोक बानेश्वर चोकमा आकाशे पुलको ट्रस्ट राखियो

LC (KTM) June 10, 2021 0

काठमाडौं -बानेश्वरमा आकाशे पुलको ट्रस्ट राखिएको छ । संघीय संसद भवन नजिकै रहेको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो काट्ने यात्रीले सास्ती खेप्दै आए कारण आकाशे पुल राखिएको हो ।

यो पुलले दैनिक १५ हजार जना व्यक्तिलाई वारीपारी गर्न सहज बनाउने छ । यस्तै भुइँमा सडक ट्राफिकलाई समेत सहज बनाउने छ ।काठमाडौंको व्यस्त चोक भकले पनि पुल राखेपछि भेै सहज हुने भएको छ ।

आकाशे पुल निर्माण अनुगमन गरिरहेको काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले यो पुल यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भइ प्रयोगमा आउने बताए ।

३८ मिटर लम्बाईको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ । यो पुलको निर्माण लागत ३ करोड १० लाख रहेको छ । यस्तै पुलले भुइँमा सडक ट्राफिकलाई समेत सहज बनाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर