वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ लगनमा — OSNepal

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ लगनमा

LC (KTM) April 11, 2022 0

काठमाडौँ- वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ आज लगन पु¥याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा तेस्रो दिन हनुमानढोकाबाट तानेर लगन पु¥याउने गरिन्छ । रथ लगन पुगेसँगै दर्शन एवं पूजा, आराधना गर्न भक्तजनको भीड लागेको छ ।

रथ लगन पु¥याए पनि साँझ परेकाले आज सेतो मच्छेन्द्रनाथलाई माताको मन्दिरमा भने घुमाउन नभ्याएको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका–२५ का अध्यक्षसमेत रहनुभएका नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो । लगनमा सेतो मच्छेन्द्रनाथको माताको मन्दिर छ ।रथयात्राको तेस्रो दिन सोमबार हनुमानढोका दरबार क्षेत्रबाट रथ तानेर लगनसम्म लगिएको हो । तेस्रो दिन चिकँमुगल, जैसीदेवल, ज्याबहाल हुँदै लगन लगिने गरी मार्ग निर्धारण गरिएको छ ।

रथयात्राको पहिलो दिन असन र दोस्रो दिन अर्थात् रामनवमीका दिन हनुमानढोका दरबार क्षेत्रमा पु¥याउने गरिन्छ । रथयात्रामा हजारौँको सहभागिता जुटेको छ । रथयात्राका लागि शनिबार दिउँसो ४ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । अष्टमीका दिन शनिबार कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको थियो ।

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ ।भोलि मङ्गलबार लगनमा माताको मन्दिर दुईपटक घुमाएर मच्छेन्द्रबहालमा ल्याएसँगै जात्रा समापन हुन्छ । काठमाडौँमा सेतो मच्छेन्द्रनाथको रथ यात्रापछि नै ललितपुरमा रातो मच्छेन्द्रनाथको रथयात्रा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर