प्रदेश १ का प्रमुख कृषि फार्ममा देखिए — OSNepal

प्रदेश १ का प्रमुख कृषि फार्ममा देखिए

LC (KTM) April 11, 2022 0

प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङले सुनसरीको धरानस्थीत पिण्डेश्वर कृषि फार्मको अवलोकन गर्नुभएको छ । प्रदेश नं. १ र देशलाई कृषिमा आत्मनिर्भर बनाएर आर्थिक समृद्धि हासिल गर्न सकिने हेतुले स्थापित पिण्डेश्वर कृषि फार्म प्रा.लि.ले प्रदेश प्रमुखलाई अवलोकनको लागि निम्तो दिएको थियो ।धरान १४, विजयपुरमा अवस्थित पिण्डेश्वर कृषि फार्ममा गाई भैँसी लगायतका पशुपालन रहेको छ ।

व्यावसायी राजेन्द्र खापुङका अनुसार पशुपालनका साथै खेती र व्यापारलाई पनि सँगसँगै लैजाने जानकारी दिएका थिए । अवलोकनका क्रममा प्रदेश प्रमुख माननीय परशुराम खापुङले बुढासुब्बा, दन्तकाली मन्दिर, भताभुङ्गे राजाको दरबार, पिण्डेश्वर विद्यापिठको पनि दर्शन तथा भ्रमण गर्नुभएको थियो । विद्यापिठका प्राध्यापक डा. टंक न्यौपानेले अवलोकन भ्रमणलाई सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर