अफिस जान्छु भनेर हिँडेका पतिले पत्निलाई दिए यति ठूलो धोका — OSNepal

अफिस जान्छु भनेर हिँडेका पतिले पत्निलाई दिए यति ठूलो धोका

LC (KTM) June 10, 2021 0

काठमाडौ । चितवनकी विष्णु पौडेको श्रीमान हराएको माघ २८ गतेवाट हो । उनी अहिले सम्म फेला परेका छैनन् । धादिगं गजुरीमा बस्थे उनीहरु । श्रीमान सेल्स अफिसर थिए । उनले श्रीमतीलाई पनि धादिगं लिएर गएका थिए । श्रीमतीलाई दिदीकोमा राखेर आफु काठमाडौ गए । पछि श्रीमतीले अब घर जाउँ भन्दा उनले मलाई फेरी अफिस जानुपर्ने भयो भनेपछि उनी दिदीको छोराले मलेखु लगिदिए । त्यसपछि उनी घर गइन् ।

अफिसको प्रमोशनका लागि भन्दै उनी हिडेका थिए । सन्तोष धिताल हो उनको श्रीमानको नाम । पिएनजीमा काम गर्ने उनी फेरी अर्को कम्पनीमा काम गर्न थालेका थिए । उनले त्यसरी अफिसको प्रमोशनका लागि भन्दै हिडेका उनी घर आएनन् । उनले फोन गरीन् अघिल्ले दिन धादिगं बेसीमा छु भनेका थिए । त्यसपछि मोवाइलमा ब्याट्री छैन भनेका थिए । श्रीमतीलाई अफिसकै काममा गएको छु भनेका श्रीमान नआएपछि उनले अफिसमा फोन गरेका थिए ।

तर पछि श्रीमतीले अफिसमा फोन गर्दा सासु विरामी हुनुहुन्छ काठमाडौ जानुपर्नेछ भनेर उनले एक साताको लागि विदा लिएको थाहा पाइन् । उनले प्रहरीमा खबर गरिन् । सीसीटीभी फुटेज हेर्दा उनी चितवनमै देखिएका थिए । उनले दाह्री कपाल पनि मिलाएको र भारु पैसा साटेको पनि थाहा पाएको बताएकी छन् । धादिगं छु भनेका श्रीमान हेटौडा पुगेको मोवाइलको लोकेशनमा देखिएको बताइन् । अनुसन्धान गर्दा अन्तिम लोकेशन हेटौडा देखिएपछि उनी कता लागे खुलेको छैन ।

यति लामो समय देखि श्रीमान हराएपछि श्रीमती रुँदै मिडियामा आएकी छन् । उनको सानो छोरी छन् । विवाह भएको ६ वर्ष भयो । प्रेम विवाह गरेका उनलाई श्रीमानले किन यस्तो ब्यवहार गरे भन्ने जान्न पाएकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर