भारी वर्षाका कारणभवन भत्कँदा ११ जनाको मृत्यु, ७ जना घाइते — OSNepal

भारी वर्षाका कारणभवन भत्कँदा ११ जनाको मृत्यु, ७ जना घाइते

LC (KTM) June 10, 2021 0

एजेन्सी- भारतको मुम्बइमा जारी भारी वर्षाका कारण एक भवन भत्कँ दा ११ जनाको मृ त्यु भएको छ ।। घटनामा ७ जना ग म्भीर घा इते भएको बताइएको छ ।

भत्केको भवनको भग्नावशेषबाट १५ महिलालाई उद्धार गरिएको छ र अरु पनि पुरिएको हुनसक्ने आशंकामा उद्धार कार्य जारी राखिएको भारतिय मिडियाले जनाएका छन् । उक्त भबनमा अधिकांश मजदुरहरु रहने गरेको बताइएको छ ।

यसैबीच मुम्बई सरकारले भत्केको भवनको नजिकमा रहेका अन्य भवनका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको छ । भारतमा केही दिनदेखि जारी भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर