मोरंगमा अंश बिबादमा आफ्नै छोराले बुवाको लिए ज्यान — OSNepal

मोरंगमा अंश बिबादमा आफ्नै छोराले बुवाको लिए ज्यान

LC (KTM) April 14, 2022 0

मोरङको बेलबारीमा छोराहरु बीच अंश बिबाद हुँदा मिलाउन पुगेका बाबुको छोराको कुटपिट बाट निधन भएको छ । आफ्नै छोराले बुवालाई ढुंगामा पछार्दा बुवाको निधन भएको हो । बिहीबार बेलबारी नगरपालिका–७ काफ्ले टोलमा ३१ वर्षीय वासुदेव कार्कीले ६२ वर्षीय बुवा जयबहादुर कार्कीको हत्या गरेका हुन् ।

सम्पत्ति अंशसम्बन्धी विवाद उग्र रूप लिएपछि यो घटना भएको थियो । अंशलाई लिएर बुवा, आमा र भाइ तीर्थराजसँग वासुदेवको विवाद सिर्जना भएको थियो । सोही बिबाद मिलाउन खोज्दा आक्रोशित बनेका बासुदेबले उनको बुवा जयबहादुरले छोरीलाई जग्गा बेचेको विषयमा विवाद भएको हो । वासुदेव र तीर्थराजबीचको झगडा मिलाउन पुगेका जयबहादुरलाई ढुंगामा पछारिएको थियो ।वासुदेवलाई प्रहरीले पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर