बादल आउट भएपछि बादल पत्नी नैनकला थापालाई मन्त्री बनाइदिए ओलीले — OSNepal

बादल आउट भएपछि बादल पत्नी नैनकला थापालाई मन्त्री बनाइदिए ओलीले

LC (KTM) June 10, 2021 0

काठमाडौँ २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मीन्त्रपरिषद् विस्तार गरेका छन् । रिक्त रहेको सात वटा मन्त्रालयमा सात मन्त्री नियुक्त गरेका छन् । आज ४ बजे राष्ट्रपति कार्यलयमा सपथ ग्रहणको कार्यक्रम रहेको छ ।

मन्त्री हुनेमा खगराज अधिकारी गृहमन्त्री ,रामबहादुर थापा पत्नी नैनकला थापा सञ्चार तथा सूचना प्रविधिमन्त्री , नारदमुनी राना वन तथा वातावरणमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विश्वकर्मालाई वन राज्यमन्त्रीमा सिफारिस गरिएको बालुवाटार स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका रामबहादुर थापा बादल श्रीमती पत्नी नैनकला थापा लाई मन्त्री बनाउन सफल भएका हुन् । पूर्व माओवादी खेमाका उनले श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल भएका हुन् ।

यसअघि थापा महिला आयोगमा थिइन् । यस्तै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ संघमा मन्त्री छन् भने प्रदेश १ मा उनकी पत्नी उषाकला राई मन्त्री रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर