सत्यराज र मिलन नेवारको 'सानी र्याँई र्याँई र्याँई’ मा प्रकाश सपूत र आँचल — OSNepal

सत्यराज र मिलन नेवारको ‘सानी र्याँई र्याँई र्याँई’ मा प्रकाश सपूत र आँचल

LC (KTM) April 16, 2022 0

काठमाडौं । बहुचर्चित गायक सत्यराज आचार्य तथा गायिका मिलन नेवारको स्वरको नयाँ युगल गीत सानी र्याँई र्याँई र्याँई‘ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । देव गहतराजको प्रस्तुतिको‌ यो गीतमा गहतराजकै शब्द तथा संगीत रहेको छ ।

यो गीतलाई गाेपाल रसाईलीले संगओत संयाेजन गरेका छन्न् । यसकाे रेकर्डिङ्ग किरण बिक र कमल थापाले गरेका हुन् भने मिक्सिङ्ग अनि मास्टरिङ्ग चाहिँ श्यामश्वेत रसाईलीले गरेका छन् ।

लाेक शैलीमा आधारित डान्सिङ प्याटर्नकाे गीतलाई म्यूजिक भिडियोलाई काेरियाेग्राफर कविराज गहतराजले निर्देशन गरेका हुन् । भिडियोमा गायक तथा अभिनेता प्रकाश सपूत र अभिनेत्री आँचल शर्माले अभिनय गरेका छन् ।

साैरभ लामाकाे छायाङ्कन अनि अर्जुन जि. सि. काे सम्पादन रहेकाे भिडियाेकाे रङ्ग संयाेजन रेनिश फागाेले गरेका छन् । भिडियाेलाई सत्य~स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement