• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

१४ जना सवार सैनिक विमान दुर्घटना हुँदा १२ जनाको मृ त्यु ,दुई जनाको उद्धार

१४ जना सवार सैनिक विमान दुर्घटना हुँदा १२ जनाको मृ त्यु ,दुई जनाको उद्धार


  • ओएसनेपाल
  • जेष्ठ २७ २०७८, बिहिबार
  • ८:४३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.8K
    SHARES

    याङ्गुन, २७ जेठ- म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको छ । सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी दिनुभयो । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।

    उहाँले खोज तथा उद्धारको कार्य जारी रहेको जानकारी दिनुभयो । तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृ त्यु भएको जनाइएको छ ।सेनाका अनुसार दुई जनालाई उद्धार गरी उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको छ । (रासस–सिन्ह्वा)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com