तपाईलाई थाहा छ ? आँखामा समस्या आएमा पनि टाउको दुख्छ — OSNepal

तपाईलाई थाहा छ ? आँखामा समस्या आएमा पनि टाउको दुख्छ

LC (KTM) April 18, 2022 0

सामान्यतया सबैलाई टाउको दुख्ने समस्याले पिरोली रहेको हुन्छ । टाउको दुख्ने समस्या बिभिन्न कारणले हुने गरेको छ । गर्दनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाईलाई साधारणतया टाउको दुखेको भन्ने गरिन्छ । टाउको दुख्नु आफैमा रोग भने होइन । यो कुनै पनि रोगको लक्षणको रुपमा रहेको हुन्छ । टाउको विभिन्न कारणले दुख्छ ।

घाममा हिँड्दा वा काम गर्दा र पानी कम हुँदा पनि टाउँको दुख्ने गर्छ । कहिलेकाही ज्वरो आउँदा पनि धेरै नै टाउको दुख्ने गर्छ । तनावका कारण पनि टाउको दुख्ने समस्या आउन सक्छ ।त्यस्तै मस्तिकमा वा धमनीमा समस्या उत्पन्न हुने र त्यसका कारण टाउको दुख्ने पनि हुन्छ । यसरी टाउको दुख्ने कारणहरुमा अत्याधिक औषधिको प्रयोग, ग्याष्ट्रिक, उच्च रक्तचापको कारण, उच्च रक्तचापको औषधि खानेहरुलाई औषधि नखाएको बेलामा अथवा उच्च रक्तचाप हुन सुरु गर्योऔ भने पनि टाउको दुख्ने समस्या आउने गर्छ ।

अर्काे कारणमा आँखाको समस्या पनि रहेको छ । आँखामा समस्या आएमा पनि टाउको दुख्छ। यस टाउको दुखाईमा कसैले टाढाको हेर्न सक्दैन भने कसैले नजिकको हेर्न सक्दैन। यसका कारण स्ट्रेस पैदा हुन्छ । यसले गर्दा आँखाको नशाहरु तन्किन्छ र बेस्सरी टाउको दुख्छ। टाउको दुखाईको अर्काे प्रमुख कारणमा डिप्रेशन पनि रहेको छ ।

अनिन्द्रा , पिनास, सामान्य रूघा खोकी, बढी चिसो भयो भने र बढी गर्मी भयो भने माइग्रेनको कारणले टाउको दुख्ने गर्छ । तर बुझ्नु पर्ने कुरा के छ भने सामान्य रूपको टाउको दुखाइको समय परिवर्तन हुँदै गयो भने चिकित्सकको सल्लाह लिन अत्यन्तै आवश्यकर रहेको छ । जस्तै, बिहान मात्र दुख्ने टाउको बेलुका पनि दुख्न थाल्यो, कम दुख्ने टाउको बढी दुख्न थाल्यो भने सावधानी अपनाउनुपर्छ ।

निरन्तर टाउको दुख्ने समस्या भयो भने पछि गएर दिमागमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने लगायतका सम्भावना उमेरअनुसार बढ्दै जान्छ जसका कारण जटिल समस्या उत्पन्न हुन जान्छ । उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका बिरामीले टाउको दुखाइमा विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव रहेको छ ।

टाउको धेरै दुखेको भए टाउकाको सीटी स्क्यान वा मस्तिष्कको एम.आर.आई. वा लम्बर पंक्चर मेरूदण्ड र मस्तिस्क वरिपरि को तरल पदार्थ को परीक्षणका लागि सँगै शारीरिक परीक्षण र विगतका कुराहरूको जानकारी लिन आवश्यक रहेको छ । अन्य रोगका कारण हुने टाउको दुखाईको उपचार सम्बन्धित रोग अनुसार गर्नुपर्दछ । जस्तैः ब्याक्टेरीयाबाट हुने मेनिन्जाइटिस र पिनासका लागि एन्टिबायोटिक। उच्च रक्तचापका लागि रक्तचाप नियन्त्रण, मस्तिष्कमा जमेको पीप वा टयूमरका लागि शल्यक्रिया गर्नुपर्छ ।

औषधि र निराकरण

सबैभन्दा ठुलो समस्या यहा छ कि टाउको दुखेको बिरामी धेरैले औषधि पसलमा गएर दुखाइ कम गर्ने औषधि किनेर खाने गर्छन् । औषधिले गर्ने साइड इफेक्टको बारेमा कमै लाई थाहा हुने गरेको छ । त्यसकारण पनि चिकित्सकको सल्लाह अनुसार नै औषधी सेवन गर्नु पर्ने हुन्छ । सामान्य टाउको दुखेको अवस्थामा पारा सिटामोल लि सकिन्छ ।

एकदेखि दुई वटा सिटामोल खाएमा केही हुँदैन । एक पटकमा बढीमा दुई वटा खान सकिन्छ । प्रत्येक ६ घण्टामा दुई वटा चक्की खान सकिन्छ । तर टाउको हल्का हुना साथ खान छोड्नु राम्रो हुन्छ । यो सधै खानु हुँदैन । टाउको दुखेको बेला मात्रै खाने हो तर सधै दुखिरह्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ ।

पारासिटामोलले कुनै साइड इफेक्ट गर्देन यसले किड्नीलाई पनि असर गर्देन तर यो सधै प्रयोग गर्नु भने हुँदैन । धेरै जसोले बुफ्रिन खाने गरेको पाइएको छ । सकेसम्म ब्रुफीन खानु हुन्न यसले असर गर्छ। माइग्रेनको कारणले दुखेको टाउकोको उपचार भने चिकित्सककै निगरानीमा गर्नुपर्छ। माइग्रेनका कारण दुखेको टाउकोका लागि डिप्रेशनको औषधि र छारे रोग लाग्दा प्रयोग हुने औषधी दिइने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर