सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा बिहिबार फेरी नर्भिक अस्पताल भर्ना — OSNepal

सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा बिहिबार फेरी नर्भिक अस्पताल भर्ना

LC (KTM) June 10, 2021 0

काठमाडौं– मोडल निशा घिमिरे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी छिन् । गत वर्ष भारतको देहरादुनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशाको लामो समय
काठमाडौंको ट्रमा सेन्टरमा उपचार गरिएको र अहिले फेरी नर्भिकमा उपचार सुरु गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

अढाई वर्ष अघि मोडलिङ पढ्न देहरादुन पुगेकी निशाको त्यहाँ सडक दुर्घटनामा परी ‘ब्रेन इञ्जुरी’ भएसँगै भारतमा र काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उपचार गरिएको र त्यसको केही समयपछि घरमा नै राखेर रेखदेख गरिएको निशाका बुवा राजु घिमिरे जानकारी दिए ।

निशालाई पछिल्लो केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएसँगै फेरी अस्पताल भर्ना गनुपरेको बताइएको छ । बिहिबारबाट उनको उपचार नर्भिकमा सुरु भएसँगै परिवारका सदस्यहरुले निशालाको स्वास्थ्यमा छिट्टै सुधार आउनेमा आशावादी छन् ।बाल्यकालदेखि नै मोडल बन्ने चाहना राखेकी उनी घरकी कान्छी छोरी हुन् । उनले तीन दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर