अभिषेकसँग प्रेम विबाह गरेकी ऐश्वर्याले यी सुन्दरीको प्रेम जीवन बर्बाद पारेकी रहिछन् — OSNepal

अभिषेकसँग प्रेम विबाह गरेकी ऐश्वर्याले यी सुन्दरीको प्रेम जीवन बर्बाद पारेकी रहिछन्

LC (KTM) April 18, 2022 0

बलिउडका सुपरस्टार सलमान खान जति ब्यवसायिक जिवनमा सफल छन् त्यति नै ब्यक्तिगत जिवनमा बिबाह लाई लिएर एकदमै असफल रहेका छन् । बलिउडका दर्जनौ अभिनेत्री संग उनको अफेयर पनि नचलेको हैन तर बिबाह हुन अझै पनि सकेको छैन । यस्तै अभिनेत्री मध्येकी एक हुन् सोमी अली ।

सलमान खानकी उनै पूर्व प्रेमिका सोमी अलीले हालै सामाजिक सञ्जाल मार्फत् सलमानमाथि अप्रत्यक्ष रुपमा केही आरोप लगाएकी छिन् । उनले आफ्नो पोस्टमार्फत् कसैको नाम नलिई बलिउडका हार्वे वेनस्टेनलाई पनि उनले धम्की दिएकी छिन् । साथै, उनले ऐश्वर्या राय बच्चनको नाम पनि लिएकी छिन् । हार्वे विन्स्टेन हलिउडका चर्चित फिल्म निर्माता हुन् ।

हार्वेमाथि थुप्रै महिला र नायिकाले ब ला त्कार, कुटपिट र धम्कीको आरोप लगाएका छन् । त्यस्तै पुर्व प्रेमिका सोमीले एक पुरानो अन्तरवार्तामा सलमानसँग आफ्नो सम्बन्धबारे बताएकी थिईन् । उनले भनेकि थिईन्–सलमान मेरो पहिलो प्रेमी थिए । तर ऐश्वर्या राय बीचमा आइन् र मेरो सम्बन्ध चकनाचुर भयो ।

सनम’ फिल्मको सेटमा ऐश्वर्या रायसँग नजिकिदा बढ्यो र सोमीसँग उनको ब्रेकअप भएको थियो । उनले भनिन्– म किशोरी हुँदा नै मेरो सलमानमाथि क्रस थियो । यहि क्रसले मलाई फ्लोरिडाबाट भारत ल्याइपुर्यायो । मैले फिल्ममा यसकारण काम गर्न सुरु गरेको थिएँ ताकि म सलमानसँग विवाह गर्न सकूँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर