नेपालमा ह्वात्तै घट्यो कोरोना संक्रमणको दर, बिहिबार ३७४९ संक्रमित भेटीए — OSNepal

नेपालमा ह्वात्तै घट्यो कोरोना संक्रमणको दर, बिहिबार ३७४९ संक्रमित भेटीए

LC (KTM) June 10, 2021 0

काठमाडौं । नेपालमा पछिल्लो दिनमा कोरोना संक्रमणको दर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार देशभर ३७४९ संक्रमित थपिएका छन् । यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७ सय ६४ जना कोरोनाका बिरामी थपिएका छन् । जसमध्ये काठमाडौँमा ५४० जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १२५ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५९ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर