२०३५ सालदेखि नै राजीतिमा होमिएकी नैनाकला को हुन् ? — OSNepal

२०३५ सालदेखि नै राजीतिमा होमिएकी नैनाकला को हुन् ?

LC (KTM) June 10, 2021 0

काठमाडौँ २७ जेठ । बुटवलमा जन्मिएकी नैनाकला तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् भने तत्कालिन माओवादी केन्द्रको केन्द्रिय सल्लाहाकार पनि हुन् । शिक्षिका समेत भएकी थापासँग राष्ट्रिय महिला आयोगको अध्यक्ष भएर ४ वर्ष काम गरेको अनुभव छ ।

साथै उनी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला सम्वन्धी विज्ञ समुहको सदस्य पनि छिन् । वि।ए। तथा वि।एड। गरेकी थापाले आफ्नो राजनीति यात्रा २०३५-०३६ मा विद्यार्थी आन्दोलनमा सहभागी भएर महिला संगठनको नेतृत्व सम्म सम्हालेकी थिइन् ।

आज प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारमा थापा सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएकी छन् । भने अहिले केहि बेरमा नै राष्ट्रपति कार्यालयमा सथप ग्रहण कार्यक्रम समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर