रुपन्देहीबाट महेन्द्र यादवको ह त्‍या गरेको आरोपमा पाँचजना पक्राउ — OSNepal

रुपन्देहीबाट महेन्द्र यादवको ह त्‍या गरेको आरोपमा पाँचजना पक्राउ

LC (KTM) June 10, 2021 0

रुपन्देही, २७ जेठ – लुम्बिनी सांस्कृतिक नगरपालिकामा गत आइतबार भएको युवक हत्याको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई पक्राउ गरेको छ ।वडा नं ४ मा चोटपटक लागेको अवस्थामा मृ त फेला परेका ३५ वर्षीय महेन्द्र यादवको ह त्यामा संलग्न रहेको अभियोगमा सोही ठाउँकै २२ वर्षीय बलजीत पासी, ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, २० वर्षीय सञ्जय पासी र २३ वर्षीय सर्वजीत विश्वकर्मालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।

गत आइतबार बिहान साढे ६ः०० बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रवीन्द्र महतको कमाण्डमा गएको टोलीले यादवको श व फेला पारेको थियो । टाउको, छाती, घाटी र गु प्ताङ्गमा धारिलो ह तियार प्र हार गरी शरीरका विभिन्न भागमा रगतले लतपतिएको अवस्थामा प्रहरीले श व फेला पारेको थियो ।

उनीहरुबाट ह त्यामा प्रयोग भएको धा रिलो ह तियार (फलामको दाउ) एक थान, पानी तान्ने नलको ह्याण्डर एक थान, ह त्यामा प्रयोग भएको हरियो बाँसको घारा एक थानसहित अन्य प्रमाण बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता भाष्कर चन्दले जानकारी दिनुभयो ।पुरानो रिसिइबीका कारण बदला लिने सोचले योजनाबद्धरूपमा यादवको ह त्या गरिएको प्रहरीको भनाइ छ । मङ्गलबार पक्राउ गरिएका अभियुक्तलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर