माधव नेपालको विपरित मतिले अब जाने कहाँ होला ? : सुर्य थापा — OSNepal

माधव नेपालको विपरित मतिले अब जाने कहाँ होला ? : सुर्य थापा

LC (KTM) June 10, 2021 0

काठमाडौं २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमालेका वरिष्ठ नेता माधव नेपालसँग हिजो भएको अनुशासन,मर्यादा र निष्ठा आज समिएको बताएका छन् ।

हिजो निष्ठा,योगदान,संघर्ष,अनुशासन र पार्टी भावना थियो,तब रौतहट गौरका तुलसीप्रसादको माधवकुमार नेपालका रूपमा विकास संभव भएको बताएका थापाले आज नेपालमा यो सबै सकिएर ह्वीप उल्लंघन,कुर्सीचिन्ता,विपरीत मति, कुण्ठित मन,पदलोलुपता र गुटगत प्रहसन चल्दै गएको बताएका छन् ।

थापाले ट्वीटर मार्फत यस्तो कार्य अब जाने कता होला भन्दै नेपाललाई प्रश्न समेत गरेका छन् । थापाले ट्वीटर नेता प्रचण्ड र नेपालको कानेखुसी गरेको फोटो समेत पोष्ट गरेका छन् ।

उनले लेखेका छन्–‘हिजो निष्ठा,योगदान,संघर्ष,अनुशासन र पार्टी भावना थियो,तब रौतहट गौरका तुलसीप्रसादको माधवकुमार नेपालका रूपमा विकास संभव भयो। आज अनुशासन,मर्यादा र निष्ठा सकियो,अनि ह्वीप उल्लंघन,कुर्सीचिन्ता,विपरीत मति, कुण्ठित मन,पदलोलुपता र गुटगत प्रहसन चल्दैछ१ यसरी त जाने कहाँ होलारु’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर