नेपालमा कोरोना संक्रमणसँगै घट्यो मृत्युदर पनि, आज ५९ जनाको निधन — OSNepal

नेपालमा कोरोना संक्रमणसँगै घट्यो मृत्युदर पनि, आज ५९ जनाको निधन

LC (KTM) June 10, 2021 0

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहिबार ७ सय ६४ जना कोरोनाका बिरामी थपिएका छन् । जसमध्ये काठमाडौँमा ५४० जना, भक्तपुरमा ९९ जना र ललितपुरमा १२५ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर ३७४९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ९०१ जनाको पीसीआर परीक्षणबाट २ हजार ८७४ र ५ हजार ३३७ एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ५ हजार २९३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर