नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दियो सरकारको नाममा अन्तरिम आदेश — OSNepal

नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दियो सरकारको नाममा अन्तरिम आदेश

LC (KTM) June 10, 2021 0

काठमाडौँ २७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश मार्फत जारी गरिएको नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि गत जेठ ९ गते सरकारको सिफासिरमा नागरिकता सम्बन्धि अध्यादेश जारी गरेकी थिइन् । सो अध्यादेशको विरुद्ध सर्वोच्च अदालतमा ६ वटा रित दर्ता भएको थियो ।

सोही रिटको आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त नागरिकता सम्बन्धि अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘नागरिकता दिने सम्बन्धमा नीतिगत व्यवस्था गर्ने विषय महत्वपूर्ण र संवेदनशील कुरा हो । वास्तविक नेपाली नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र पाउनु नै पर्दछ भने गैर नेपालीलाई कानूनबमोजिम प्रक्रिया पूरा गरेर अंगिकृत वा मानार्थ नागरिकता दिनेजस्ता कुरामा बाहेक नेपाली नागरिकताको प्रमाणपत्र दिन सकिदैँन । गैरनेपाली व्यक्तिलाई नेपाली नागरिकताको प्रमाणपत्र दिन मिल्दैन ।’

कानून बनाउने संसदको अधिकारक्षेत्र रहेकोमा त्यसलाई मिचेर अध्यादेश जारी हुन नसक्ने भन्दै सर्वोच्च अदालतले अध्यादेशलाई कार्यान्वयन नगर्न अन्तरिम आदे जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर