‘द भ्वाइस अफ नेपाल’ का कोच दीप श्रेष्ठ १६ दिनपछि अस्पतालबाट डिस्चार्ज — OSNepal

‘द भ्वाइस अफ नेपाल’ का कोच दीप श्रेष्ठ १६ दिनपछि अस्पतालबाट डिस्चार्ज

LC (KTM) June 10, 2021 0

काठमाडौं- गायक दीप श्रेष्ठ १६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । ह्याम्स अस्पताल भर्ना भएका भएका उनी आज डिस्चार्ज भएका हुन् । कोरोना संक्रमण पुष्टि भएको केही दिनपछि शरीरमा अक्सिजनमा मात्र कम भएपछि उनी अस्पताल भर्ना भएका थिए ।अस्पतालमा दुई साता आईसीयूमा अक्सिजनको सहायतामा बसेका थिए ।

‘द भ्वाइस अफ नेपाल’ निर्देशक लक्ष्मण पौडेलले स्वास्थ्य अवस्था सामान्य भएसँगै श्रेष्ठलाई अस्पतालले आज दिउँसो डिस्चार्ज गरेको बताए । अब घरमै बस्न मिल्ने भएपछि अस्पतालले दिउँसो डिस्चार्ज गरेको हो ।

डिस्चार्ज हुनुअघि उनको पुनः कोरोना परीक्षण गरिए पनि त्यसको रिर्पोट भने आइनसकेको बताइएको छ । गायक दीप ‘द भ्वाइस अफ नेपाल’ का कोच समेत हुन् । उनी पहिलो संस्करणदेखि नै निर्णायकको रूपमा रहँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर