चितुवाको छाला सहित दुई जना पक्राउ — OSNepal

चितुवाको छाला सहित दुई जना पक्राउ

LC (KTM) June 10, 2021 0

काठमाडौं २७ जेठ । कीर्तिपुर नगरपालिका-३ ढल्पामाबाट १ थान चितुवाको छाला सहित सोही नगरपालिका-७ पाँगा बसपार्क बस्ने दार्चुला मार्मा गाउँपालिका-१ घर भएका २३ वर्षीय गिरिजा सिंह ठगुन्ना सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचानाको आधारमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर