राउटे युवतीमाथि भएको घटनाका दोषीलाई कारवाही माग — OSNepal

राउटे युवतीमाथि भएको घटनाका दोषीलाई कारवाही माग

LC (KTM) June 10, 2021 0

काठमाडौँ, २७ जेठ – अखिल नेपाल महिला सङ्घले सुर्खेत जिल्लामा राउटे युवतीमाथि भएको यौन अपराधका घटनामा संलग्नलाई कारवाही गर्दै पीडितलाई न्याय दिलाउन सरकारसमक्ष माग गरेको छ । सङ्घका सहसंयोजक थममाया थापाले आज विज्ञप्ति जारी गर्दै नेपाल अन्तरराष्ट्रिय मानवाधिकार र महिला अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्रसमेत भएकाले लोपोन्मुख समुदायको मानवाधिकारको रक्षा गर्नुपर्ने माग गर्नुभएको छ ‘यो समुदायका नागरिकहरुलाई सुरक्षित स्थानमा व्यवस्थित बसोबास गराई संरक्षण दिनसमेत नेपाल सरकारको सम्बन्धित निकायलाई अखिल नेपाल महिला संघ हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

पाँचथर जिल्ला अस्पताललाई स्तरोन्नति गरिने-भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पाँचथर जिल्ला अस्पताललाई १०० श्ययाको अस्पतालमा स्तरोन्नति गर्न प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई आग्रह गर्नुभएको छ ।मङ्गलबार मुख्यमन्त्री राईलाई पत्र पठाउँदै पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य मन्त्री नेम्वाङले पाँचथरसहित तेह्रथुम, ताप्लेजुङ र इलामका सर्वसाधारणले सेवा लिने सो अस्पतालको स्तरोन्नति अत्यावश्यक भएकाले स्तरोन्नति गरी बजेटको व्यवस्था गरिदिन आग्रह गर्नुभएको हो । मन्त्री नेम्वाङले भौतिक पूर्वाधारसमेत तयार भएकाले पाँचथर अस्पताललाई आगामी आर्थिक वर्ष २०७८÷०८९ को नीति, कार्यक्रम तथा बजेटमार्फत व्यवस्था गर्न मुख्यमन्त्री राईलाई आग्रह गर्नुभएको छ ।

उक्त पत्र प्राप्त भएपछि मुख्यमन्त्री राईले मन्त्री नेम्वाङको आग्रह र पाँचथर जिल्ला अस्पतालमा सेवाग्राहीको चापका आधारमा उपयुक्त निर्णय लिने वचन दिनुभएको मन्त्री नेम्वाङका स्वकीय सचिव गणेश योङहाङले जानकारी दिनुभयो ।मन्त्री नेम्वाङकै पहलमा गत वर्ष जिल्ला अस्पतालमा आइसीयु र भेण्टिलेटर जडानका लागि प्रधानमन्त्री कोभिड–१९ आकस्मिक कोषबाट रु. दुई करोड बजेट समेट विनियोजना भएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर