एमालेबाट निर्वाचित म्याग्दीका वडा अध्यक्ष रपालिका कमिटीका उप-सचिब नेकपा माओवादी केन्द्रमा प्रवेश — OSNepal

एमालेबाट निर्वाचित म्याग्दीका वडा अध्यक्ष रपालिका कमिटीका उप-सचिब नेकपा माओवादी केन्द्रमा प्रवेश

LC (KTM) April 20, 2022 0

काठमाडौं ७ वैशाख । नेकपा एमालेबाट निर्वाचित म्याग्दीको मालिका गाउँपालिकाका वडा अध्यक्ष र पालिका कमिटीका उप-सचिब नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

गएको निर्वाचनमा एमालेबाट उम्मेदवार दिएर मालिका-३ डाँडागाउँका वडाध्यक्ष बनेका हेमबहादुर पुन र एमाले मालिका गाउँपालिका कमिटीका उप-सचिब भुपेन्द्र नेपाली माओवादीमा प्रवेश गरेका हुन् ।

दुवै जनालाई बुधबार एक कार्यक्रम मार्फत माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक तथा आसन्न स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका रेशम जुग्जाली (सुविन), प्रदेश कमिटी सदस्य गौरी सेन्चुरी, माओवादीका पालिका कमिटी अध्यक्ष दोरन शेरचन र सचिब धनकुमार पाईजा लगायतले स्वागत गरेका हुन् ।

साथै,नेपालीले दलित समुदायले पनि राजनीतिमा अगुवाई गर्नुपर्छ भनेर आफु राजनीतिमा लागेको बताउँदै दलित समुदायको हक, हित र अधिकारको लागि संघर्ष गरेको माओवादी पार्टीमा आबद्ध हुँदा आफुलाई गौरवको महसुस भएको समेत बताएका छन् ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेता तथा कार्यकर्ताहरु एक पार्टीबाट अर्को पार्टीमा जाने क्रमले तीव्र रुप लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर