जबर्जस्ती गरि १६ वर्षीय बालिकालाई गर्भ बोकाई करकापमा पारी गर्भपतन गराउन खोज्ने युवक समातिए — OSNepal

जबर्जस्ती गरि १६ वर्षीय बालिकालाई गर्भ बोकाई करकापमा पारी गर्भपतन गराउन खोज्ने युवक समातिए

LC (KTM) June 10, 2021 0

फुङ्लिङ, २७ जेठ – ताप्लेजुङमा जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । उक्त अभियोगमा बुधबार फुङ्लिङ नगरपालिका—९ बस्ने वर्ष २२ दावा शेर्पा पक्राउ परेका हुन् ।फुङ्लिङ नगरपालिका—४ बस्ने १६ वर्षीय बालिकालाई करणी गरी गर्भ बोकाई करकापमा पारी गर्भपतन गराउन बाध्य बनाएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

पाँचथर जिल्ला अस्पताललाई स्तरोन्नति गरिने:- भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पाँचथर जिल्ला अस्पताललाई १०० श्ययाको अस्पतालमा स्तरोन्नति गर्न प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई आग्रह गर्नुभएको छ ।मङ्गलबार मुख्यमन्त्री राईलाई पत्र पठाउँदै पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य मन्त्री नेम्वाङले पाँचथरसहित तेह्रथुम, ताप्लेजुङ र इलामका सर्वसाधारणले सेवा लिने सो अस्पतालको स्तरोन्नति अत्यावश्यक भएकाले स्तरोन्नति गरी बजेटको व्यवस्था गरिदिन आग्रह गर्नुभएको हो ।

मन्त्री नेम्वाङले भौतिक पूर्वाधारसमेत तयार भएकाले पाँचथर अस्पताललाई आगामी आर्थिक वर्ष २०७८÷०८९ को नीति, कार्यक्रम तथा बजेटमार्फत व्यवस्था गर्न मुख्यमन्त्री राईलाई आग्रह गर्नुभएको छ । उक्त पत्र प्राप्त भएपछि मुख्यमन्त्री राईले मन्त्री नेम्वाङको आग्रह र पाँचथर जिल्ला अस्पतालमा सेवाग्राहीको चापका आधारमा उपयुक्त निर्णय लिने वचन दिनुभएको मन्त्री नेम्वाङका स्वकीय सचिव गणेश योङहाङले जानकारी दिनुभयो ।मन्त्री नेम्वाङकै पहलमा गत वर्ष जिल्ला अस्पतालमा आइसीयु र भेण्टिलेटर जडानका लागि प्रधानमन्त्री कोभिड–१९ आकस्मिक कोषबाट रु. दुई करोड बजेट समेट विनियोजना भएको अस्पताल विकास समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर