रहेनन् चर्चित फिल्म निर्देशक बुद्धदेव दास गुप्ता, शोकमा बलिउड — OSNepal

रहेनन् चर्चित फिल्म निर्देशक बुद्धदेव दास गुप्ता, शोकमा बलिउड

LC (KTM) June 10, 2021 0

एजेन्सी । चर्चित फिल्म निर्देशक बुद्धदेव दास गुप्ताको बिहिबार निधन भएको छ । अहिलेसम्म ५ फिल्मले बेष्ट फिचर फिल्मको रुपमा नेशनल अवार्ड पाएका र दुई फिल्मबाट बेष्ट निर्देशकको रुपमा नेशनल अवार्ड पाएका गुप्ताको निधनले बलिउडमा फेरी शोक छाएको छ । ७७ वर्षीय दासगुप्ताको मृगौला सम्बन्धि समस्या रहेको थियो । त्यसको कारणले हप्ताको दुई पटक उनको नियमित डायलासिस हुँदै आएको थियो । उनका श्रीमती र पहिलो श्रीमतीतर्फ दुई छोरी छन् ।

यो पनि : पाँच पटक चेसको विश्व च्याम्पियन भइसकेका विश्वनाथन आनन्दसँग चेस प्रतिष्पर्धा गर्दै आमिर खान, जिते मालामाल होलान् ? : बलिउड सुपरस्टार आमिर खान कुशल अभिनयका अलावा एक चेस खेलाडी पनि हुन् । उनी जति अभिनयमा सिपालु छन् त्यती नै चेस खेलको कुशल खेलाडी पनि हुन् ।पाँच पटक चेसको विश्व च्याम्पियन भइसकेका विश्वनाथन आनन्दसँग चेस प्रतिष्पर्धा गर्न लागेका आमिरले प्रतिष्पर्धा कोभिड–१९ का लागि पैसा जुटाउने प्रयोजनमा हुने अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

उक्त प्रतिस्पर्धा आगामी जून १३ मा प्रतिष्पर्धा हुन लागेको बताइएको छ । ‘चेकमेट कोभिड’ नाम दिइएको यो प्रतिष्पर्धामा निर्देशक सादिज नाडियाडवाला आमिरको साथमा हुनेछन् । चेस डटकम इण्डियाले यो प्रतिष्पर्धा आयोजना गर्न लागेको प्रतिस्पधाृ रोचक हुने अनमान गरिउको छ । यि दुई विश्वचर्चित खेलाडी आमिर र विश्वनाथन एकसाथ चेस खेलिसकेका छन् । चेस डटकम इण्डियाले यो प्रतियोगितालाई सफल बनाउनका लागि च्यारिटेबल सहयोग गर्दै स्वतन्त्र महशुस गर्नुहोस् भन्दै ट्वीट गरेको छ । जुन अहिले भाइरल बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर