‘मुसुर्दानी’ रिलिज गरेसँगै चर्चामा डडेल्धुराका रोहित — OSNepal

‘मुसुर्दानी’ रिलिज गरेसँगै चर्चामा डडेल्धुराका रोहित

LC (KTM) April 20, 2022 0

काठमाडौँ । डडेल्धुराका रोहित देउवाको ‘मुसुर्दानी’ बोलको देउडा गीत रिलिज गरिएको केही घण्टामा नै ट्रेण्डिगंमा आएको छ ।

रोहित देउवाकै शब्द रहेको गीतमा देउवा र देउडा गायिका गौरी भट्टको स्वर सुन्न सकिन्छ। नरेन्द्रराज रेग्मी र देउवा स्वयमले नै गीतमा संगीत दिएका छन्। देउडा भाकाको गीतमा सुदूरपश्चिमकै भाषा, संस्कृति र भेषभूषा समेटिएको छ। गौरव गिरीको निर्देशन रहेको गीतको भिडियोमा चक्र बम र उर्मिला डिएस शाहीको अभिनय रहेको छ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा जन्मिएका देउवाले उक्त गीत आफ्नै गाउँ कुजाकोटमा सुटिङ गराएका थिए। गायक रोहितका अनुसार मुसुर्दानी भनेको मालुपातको खोचोमा राखेको मुसुरोको दाल भन्ने बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement