के अब कमेडियन मसुर गुलाटी सुनील ग्रोवर र कपील शर्मा एकै साथ काम गर्लान त ? सुनीलले गरे यस्तो खुलासा — OSNepal

के अब कमेडियन मसुर गुलाटी सुनील ग्रोवर र कपील शर्मा एकै साथ काम गर्लान त ? सुनीलले गरे यस्तो खुलासा

LC (KTM) June 10, 2021 0

मसुर गुलाटी अर्थात सुनील ग्रोवर र चर्चित कमेडियन कपिल शर्मा बीच मनमुटाव भएको पनि बर्षाै बितिसकेको छ । कमेडी नाईटस् विद कपिल र द कपिल शर्मा शो मा संगै काम गरेका र सबैले रुचाइएका यी जोडी सानो तिनो मनमुटावका कारण अहिले सम्म संगै देखीएका छैनन् । यी दुबै बीच केही बर्ष अगाडि सार्वजनिक रुपम झगडा भएपछि बोलचाल नै बन्द भएको छ ।

कपिल शर्माले यो बिषयमा आत्मलोचना समेत गरिसकेका छन् । तर अब यी दुबै कमेडियन एकै ठाउँमा देखिन सकिने संभावना भने बढेर गएको छ । अगाडि भएका सबै कुराहरु बिर्सिएर फेरी एकै ठाउँ देख्न सकिने संकेत दुबैबाट आएको छ । एक अन्र्तबार्ताका क्रममा सुनीलले कपील शर्मा संग काम गर्ने चाहना छ भन्ने प्रश्नमा उनले अहिले कुनै योजना नरहे पनि भबिश्यमा कुनै दिन अवसर मिले आफुहरु दुबै जना एकै साथ काम गर्न सक्ने बताएका छन् ।

यसअघि पनि कपिलले सुनील एकदमै राम्रो कमेडियन रहेको बताउँदै उनीबाट आफुले धेरै कुराहरु सिकेको बताएका थिए । कपिलले पनि यसअघि सुनील संग काम गर्न सक्ने तर्फ संकेत दिईसकेका छन् । दुबै जनाबीच बोलचाल नभए पनि कपिल शर्माको जन्म दिनमा सुनीलले बधाई दिएका थिए । कपिलले सुनीलको बधाईमा रिएक्ट समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर