बलिउड अभिनेत्री कैट्रीना र बिक्कि कौशलको लभ अफेयर , बलिउड स्टार सलमान खान र रणबीर कपुरलाई प¥यो भारी , फन्नि ट्रोलको शिकार बने कैट्रीनाका पुर्व प्रेमीहरु — OSNepal

बलिउड अभिनेत्री कैट्रीना र बिक्कि कौशलको लभ अफेयर , बलिउड स्टार सलमान खान र रणबीर कपुरलाई प¥यो भारी , फन्नि ट्रोलको शिकार बने कैट्रीनाका पुर्व प्रेमीहरु

LC (KTM) June 10, 2021 0

बलिउड अभिनेता बिक्की कौशल र अभिनेत्री कैट्रीना कैफ बीचको रिलेशनसिपलाई लिएर एक बर्ष अघि देखी अन्दाज लगाईरहेका थिए भारतीय संचारमाध्यमहरु तर पुष्टि भएको थिएन । धेरै पटक दुबै जना संगै देखिए पनि क्यामरालाई छल्दै आएका थिए । जसका कारण उनीहरुबीचको रिलेसनसिपलाई ढाक्दै आएका थिए ।

मीडिया र क्यामरा दुबै लाई छल्दै आएका यी दुबै जोडी रिलेसनसिपमा रहेको कुरा अब भने प्रष्ट रुपमा बाहिर आएको छ । हर्षबर्धन कपुरले दुबै जना रिलेसनसिपमा रहेको खुलासा गरे संगै अहिले बलिउड गर्माएको छ । हर्षबर्धनले भनेका छन्– बिक्की तथा कैट्रीना साथ छन् , यो कुरा साँचो हो । मलाई लाग्छ कि यो कुरा बताईसके पछि अब मेरो लागि पनि दिक्कत खडा हुनेवला छ ।

दुबै रिलेसनसिपमा रहेको पुष्टि संगै अब कैट्रीना संग जोडिएका अन्य बलिउडका स्टारहरुको ट्रोल बन्न सुरु भएको छ । दुई जनाको रिलेसनसिपलाई लिएर बलिउड स्टार सलमान खान र रणबिर कपुरलाई आम दर्शकले मज्जाक उडाएका छन् । सलमान र रणबीर यसअघि कैट्रीना संग डेटमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर