भोली फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत अन्तिम खेलमा नेपालले अष्ट्रेलियासँग भिड्दै , प्रशिक्षक अल्मुईताइरी भन्छन् - उत्कृष्ट खेल देखाउँछौ — OSNepal

भोली फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत अन्तिम खेलमा नेपालले अष्ट्रेलियासँग भिड्दै , प्रशिक्षक अल्मुईताइरी भन्छन् – उत्कृष्ट खेल देखाउँछौ

LC (KTM) June 10, 2021 0

नेपालले भोलि अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग प्रतिष्पर्धा गर्न लागेको हो । यसअघि सम्पन्न खेलमा चाइनिज ताइपेई संग जित निकालेको नेपाली टोली जोर्डन संग पराजित भएको थियो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । एसियाली फुटबलको पावरहाउस अष्ट्रेलिया र नेपालबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

अष्ट्रेलियाविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य जित हुनेछ । तर, अष्ट्रेलियालाई पराजित गर्नु नेपालका लागि एकदमै गाह्रो रहेको छ । पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलियालाई हराउन नेपाललाई एकदमै मुस्किल छ । अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।

नेपालका प्रशिक्षक अल्मुताईरीले अष्ट्रेलिया बिरुद्ध उत्कृष्ट खेल पस्कने दाबी गरेका छन् । अपराजित रहदै अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल भने चौंथो स्थानमा रहेको छ । नेपालले ६ अंक जोडेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर