दक्षता नै नभएका नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीद्धारा इमानका साथ काम गर्न निर्देशन , राजनीति नै नगरेका भागबण्डामा परेपछि बने यसरी मन्त्री — OSNepal

दक्षता नै नभएका नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीद्धारा इमानका साथ काम गर्न निर्देशन , राजनीति नै नगरेका भागबण्डामा परेपछि बने यसरी मन्त्री

LC (KTM) June 10, 2021 0

आफ्नै सहपाठीले साथ नदिए पछि चिढिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अनेक योजना बनाएर भए पनि सरकार टिकाई नै रहेका छन् । मधेशबादी दललाई समेटेर सत्तामा राज गरिरहेका ओलीले पछिल्लो पटक मन्त्रिपरिषद बिस्तार गरेका छन् ।

जहाँ कहिल्यै राजनीति नै नगरेका अनुहार समेत देखिएका छन् । यसैबीच आज प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीहरुलाई इमानका साथ काम गर्न निर्देशन दिएका छन्। बिहीबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा ओलीले जिम्मेवारीका र इमानमा साथ काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिएपछि पहिलो बैठक बसेको हो। राष्ट्रपतिले नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठजना थपेपछि मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर