वडाध्यक्षले कुटे वडाका सचिवलाई , सचिवको टाउको लाग्यो १६ टाँका — OSNepal

वडाध्यक्षले कुटे वडाका सचिवलाई , सचिवको टाउको लाग्यो १६ टाँका

LC (KTM) April 22, 2022 0

सर्लाही ९ वैशाख । सर्लाही जिल्लाको बलरा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितमाथि कुटपिट गरेका छन् ।

राजिनामा दिई विदा हुन लागेका वडाध्यक्ष मण्डलले ल्याएको भर्पाईमा सही गर्न नमानेका कारण सचिव पण्डितमाथि कुटपिट गरेका हुन् ।

वडा कार्यालयमा भएका सबै सामान बरबुझारथ गरेको र सबै कागज पण्डितले जिम्मा लिएको भएपनि मण्डलले अर्को आफुले ल्याएको अर्को कागजमा पण्डितले हस्ताक्षर गर्न नमानेपछि उनीमाथि कुटपिट भएको हो ।

उनमाथि मण्डलले कुर्सीले प्रहार गरेका हुन् । पण्डितको टाउकोमा १६ वटा टाका लगाइएको छ । उनलाई सर्लाही अस्पताल उपचारको लागि लगिएको छ ।

यता, वडा अध्यक्ष मण्डले भने आफुलाई यस विषयमा केहि थाहा नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर