राजन राज शिवाकोटीको शब्द तथा संगीतमा तयार ‘आउँथे त्यतै म’मा बिना र भिमको रोमान्स – OSNepal

राजन राज शिवाकोटीको शब्द तथा संगीतमा तयार ‘आउँथे त्यतै म’मा बिना र भिमको रोमान्स

Osnepal April 23, 2022 0

काठमाडौं । गायक भिम श्रेष्ठले आउँथे त्यतै म बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । राजन राज शिवाकोटीको शब्द तथा संगीत सृजना रहेको गीतमा गायक श्रेष्ठ र गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ ।

गहिरो प्रेममा रहेका एक प्रेमील जोडीको प्रेम कहानीलाई रोमान्टिक तरिकाले देखाइएको भिडियोमा गायक श्रेष्ठ र मोडल बिना राउतको अभिनय रहेको छ ।

भिडियोमा गायक श्रेष्ठ र बिनाका अलावा बरिष्ठ कलाकारद्धय सन्तोष पन्त र रमा थमलियाको पनि अभिनय देख्न सकिन्छ । फराज अर्पणको निर्देशनमा तयार भएको भिडियोमा अभि लामाको कोरियोग्राफी रहेको छ ।

सौरभ लामाको छायांकन रहेको भिडियोमा निर्देशक फराजकै सम्पादन र कलर रहेको छ । भिडियो गायक श्रेष्ठकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement