सञ्जय कपुरले छोरी सनायालाई बलिउडमा डेब्यु गराउँदै, के पाउनिल त सफलता ? — OSNepal

सञ्जय कपुरले छोरी सनायालाई बलिउडमा डेब्यु गराउँदै, के पाउनिल त सफलता ?

LC (KTM) June 11, 2021 0

बलिउडमा बर्चश्व जमाएका कलाकारका आफ्ना सन्तान पनि लयमा देखिन थालेका छन् । कुनै न कुनै माध्यमबाट बलिउडमा छाउने नै गरेका छन् । यस्तै पछिल्लो समय बलिउड अभिनेता तथा निर्माता सञ्जय कपुरकी छोरी शानाया कपुरको चर्चा चुलिएको छ । उनले निर्माता करण जोहरको फिल्म ‘स्टुडेन्ड अफ दि इयर–३’ बाट बलिउडमा डेब्यु गर्ने भए संगै उनको चर्चा चुलिएको हो ।

पछिल्लो समय बलिउडका अग्रज कलाकारका छोरा छोरी आफ्नै बुवा आमाको लयमा देखिने क्रम बढ्दो छ । त्यसै मध्येकी एक हुन् शानाया । उनले डेब्यु गर्न लागेको यस फिल्मको निर्देशन शंशाक खेतानले गर्ने भएका छन् । यस फिल्ममा शानायासँगै लक्ष्य लालवानी र गुरफतेह सिंह रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर