कोरोनाको हटस्पट बनेको भारतमा कोरोना संक्रमण दर घट्दो, आज कति संक्रमित थपिए ? — OSNepal

कोरोनाको हटस्पट बनेको भारतमा कोरोना संक्रमण दर घट्दो, आज कति संक्रमित थपिए ?

LC (KTM) June 11, 2021 0

काठमाडौँ– कोरोनाको हटस्पट बनेको छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर घट्दो दरमा पाइएको छ । भारतमा पछिल्लो २४ घण्टामा ९१ हजार २६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै त्यहाँ हालसम्म कोरोना संक्रमितहरुको कुल संख्या २ करोड ९२ लाख ७३ हजार ३३८ पुगेको छ ।भारतमा हाल ११ लाख ३१ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै भारतमा हालसम्म २ करोड ७७ लाख ७८ हजार ८९४ जना निको भएका छन । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४०२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जसअनुसार हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ६३ हजार ९७ पुगेको छ ।यसैगरी विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या १७ करोड ५६ लाख १ हजार नाघेको छ । अहिलेसम्म विश्वमा ३७ लाख ८८ हजार १ सय बढीको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर