उम्मेद्धारलाई भ्रष्टाचार नगर्ने कसम खुवाउँदै राप्रपा , पोखराका मेयर उपमेयर सहितका उम्मेद्धारले विन्ध्यवासिनी मन्दिरमा खाए कसम — OSNepal

उम्मेद्धारलाई भ्रष्टाचार नगर्ने कसम खुवाउँदै राप्रपा , पोखराका मेयर उपमेयर सहितका उम्मेद्धारले विन्ध्यवासिनी मन्दिरमा खाए कसम

LC (KTM) April 24, 2022 0

स्थानीय तहको निर्वाचन नजिकिए संगै राजनितीक दलहरुले आ–आफ्नै तरिकाले चुनावी अभियान सुरु गरेका छन् । फेरि पनि स्थानीय सरकारको बागडोर सम्हाल्नका लागि जनतालाई प्रभावित बनाउन अनेक उपायहरु खोजि रहेका छन् । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अनौठो अभियान नै थालेको छ ।

राप्रपाले मन्दिरमा लगेर उम्मेद्धारलाई भ्रष्टाचार नगर्ने कसम खुवाउन थालेको छ । यसैक्रममा पोखरा महानगरको प्रमुख र उपप्रमुख पदमा टिकट पाएका उम्मेदवारले आइतबार स्थानीय विन्ध्यवासिनी मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएका छन्। मेयरका उम्मेदवार शंकर खराल र उपमेयरकी उम्मेदवार रञ्जना सेन पौडेलले मन्दीरमै पुगेर कसम खाएका हुन्।

राप्रपा गण्डकीका अध्यक्ष पञ्चराम गुरुङले प्रमुख र उपप्रमुख पदका उम्मेद्धारहरुलाई भ्रष्टाचार मुक्त समाज निर्माण गरी सुशासन कायम गर्न कसम खुवाएका थिए। त्यस्तै मेयर र उपमेयर सहित कास्कीको पालिकाहश्रमा चुनाव लड्ने सबैले एकै पटक कसम खाएको गुरुङले जानकारी दिए । मेयरका उम्मेदवार खरालले सरकारी तलब खाएर आफ्ना बच्चालाई निजी विद्यालयमा पढाउन नपाइने पनि बताए ।

उनले यसप्रकारको कदमलाई रोक्ने समेत बताए । शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिदै पोखरालाई स्मार्ट सिटी बनाउन नसके पनि राम्रो पोखरा निर्माण गर्ने बताए । भ्रष्टाचार नेपालको सबैभन्दा प्रमुख समस्या भएकोले त्यसको अन्त्य गर्ने राप्रपाले यसपालीको चुनावी एजेण्डा बनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर