केकीले सुटुक्क गरेको विबाहमा रीमा रमाउँदा कता हराइन् बेनिशा ? — OSNepal

केकीले सुटुक्क गरेको विबाहमा रीमा रमाउँदा कता हराइन् बेनिशा ?

LC (KTM) April 25, 2022 0

काठमाडौँ । सुन्दरी नायिकाहरु केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिशा हमाल एकअर्कका मिल्ने साथी हुन् । सुखमा होस् वा दुखमा यी ३ सुन्दरीहरु एकैसाथ देखिन्थे ।

फिल्म ‘स्वर’बाट फिल्म क्षेत्रमा डेब्यू गरेका यी ३ सुन्दरीहरु अन्तरवार्तमा समेत बेला बेला एकसाथ आउँथे । फिल्मी क्षेत्रको संघर्ष, उतारचढावकाबिच रीमा र बेनिशा औषत चल्दा केकी बढी चलिन् ।

समयक्रमसँगै केकी अहिले पनि चलिरहँदा रिमा र बेनिशा भने खासै चल्न सकेनन् । बेनिशा त विस्तारै हराउँदै नै गइन् । तर, यी तिन नायिकाको मित्रतामा भने ब्रेक लागेन । प्रायः यी तिन नायिकाहरु एकसाथ देखिँदै आएका थिए ।

तर, नायिका अधिकारीको बिहेमा बेनिशा छुट्न पुगेकी छिन् । सुटुक्क गरिएको विबाहमा बेनिशा छुट्दा गर्दा रीमा विश्वकर्मा भने अटाएकी छिन् । केकी र रिमा कएकसाथ देखिँदा कहाँ गइन् बेनिशा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर