मेलम्चीको पानीका कारण काठमाडौँबासीलाई सावधानी अपनाउन आग्रह गर्दै जारि भयो यस्तो सूचना, अब के होला ? — OSNepal

मेलम्चीको पानीका कारण काठमाडौँबासीलाई सावधानी अपनाउन आग्रह गर्दै जारि भयो यस्तो सूचना, अब के होला ?

LC (KTM) June 11, 2021 0

मेलम्चीको ‘हेड वक्र्स’ निर्माण भएको छ । पानी सुरुङमा पथान्तरण गर्नुअघि प्रारम्भिक प्रशोधनका लागि ‘हेड वक्र्स’ संरचना आवश्यक छ । योसँगै आयोजनाको सम्पूर्ण भौतिक निर्माण कार्य सम्पन्न भइसकेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले आयोजनाको मुख्य काममध्ये ‘हेड वक्र्स’ निर्माण सम्पन्न भएको जानकारी दिए ।

दुई वर्षअघि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग गरिएको ठेक्का सम्झौतामा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने र क्षति भएको खण्डमा पुनः मर्मतसम्भार गर्ने उल्लेख गरिएको छ । सुरुङको कुल लम्बाइ २७ किलोमिटर छ । हेड वक्र्सले इन्टेकमा भएका विभिन्न ढोकाहरूलाई सफा गर्ने, पानीसँगै आएका गिट्टी–बालुवालाई छुट्याउने र थुपार्ने, पानीमा मिसिएका घुलनसील पदार्थहरूलाई थिग्य्राउने गर्छ । वर्षा यामको एक डेढ महिना मात्र मेलम्चीको पानी अलि धमिलो हुन्छ तर अहिले पानी सफा नै रहेकाले फोहोरको समस्या नरहेको उनले बताए ।

सुरुङको भित्री र बाहिरी अवस्था कस्तो छ, कहीँ फुटेको, भत्केको वा चर्केको छरछैन भन्ने थाहा पाउन तथा मर्मतसम्भार गर्न असारदेखि सुरुङ खाली गर्दा बागमती नदी, मेलम्ची, सिन्धु खोला र ग्याल्थुम खोलामा नियन्त्रित रूपमा पानी छाडिने भएकोले खोला वरपर रहेका सबैले सावधानी अपनाउन मेलम्ची खानेपानी विकास समितिले अपिल गरेको छ । समितिले सूचना जारी गरी सो अपिल गरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर