सभामुख सापकोटाले बोलाएको सर्वदीयल बैठक आज दिउँसो २ बजे बस्दै — OSNepal

सभामुख सापकोटाले बोलाएको सर्वदीयल बैठक आज दिउँसो २ बजे बस्दै

LC (KTM) June 11, 2021 0

काठमाडौँ २८ जेठ । प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । संसद विघटन पछि संसद बचाउन विभिन्न तहमा छलफलमा व्यस्त रहेका सापकोटाले यस भन्दा अघि पनि कानुन व्यवसायी, पुर्व सभामुखहरुसँग छलफल गरिसकेका छन् ।

आज नयाँ बानेश्नरको संसद हलको ल्होत्से हलमा दिउँसो २ बजे बोलाइएको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष तथा पुर्व प्रधानमन्त्री साथै वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत पत्रमा मार्फत बोलाइएको छ । सरकारको सफिारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी हुन् ।

विघटित संसदमा नेकपा एमाले, नेपाली कांग्रेस माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाल मजदुर किसान पार्टी नेमकिपाको प्रतिनिधित्व रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर