यो हो विश्वकै अग्लो परिवार, कपडा र जुत्ताहरू किनमेल गर्न समस्या — OSNepal

यो हो विश्वकै अग्लो परिवार, कपडा र जुत्ताहरू किनमेल गर्न समस्या

LC (KTM) April 25, 2022 0

मिनिसोटा, १२ वैशाख-मिनिसोटाको ट्र्याप परिवार आधिकारिक रूपमै विश्वकै सबैभन्दा अग्लो परिवार हो । परिवारको औषत उचाई ६ फिट ८ दशमलब ०३ इन्च छ । क्रिसी ट्र्याप भन्छिन् उनी परिवारकै फुच्ची सदस्य हुन् । ६ फिट ३ इन्च उचाइकी उनी निश्चय नै औषत महिलाभन्दा अग्ली छिन् । तर, परिवारमा भने उनी वास्तवमै डल्ली देखिन्छिन् ।

उनका पति स्कट ६ फिट ८ इन्च अग्ला छन् । जबकी उनका दुई छोरीहरू सभन्ना र मोली क्रमशः ६ फिट ८ इन्च र ६ फिट ६ इन्च छन् ।ट्र्याप परिवारकी कान्छी सदस्य एडम ट्र्याप ७ फिट ३ इन्च अग्ला छन् । सँगसँगै उनीहरू सबैको उचाई जोड्दा टेनिस कोर्ट मैदानको आधा हुन्छ । परिवारका सबभैन्दा अग्ला ट्र्यापलाई विश्वकै सबैभन्दा अग्लो परिवारको विश्व रेकर्ड राख्ने बिचार आयो । सम्पूर्ण परिवार अर्थोपेडिक्स चिकित्सक डा. अन्ना सुडोहलाई भेटे ।

यसलाई आधिकारिक बनाउनको लागि प्रत्येक सदस्यको उचाइ गणना गर्न उभिएर र सुतेर दिनमा तीन पटक नाप्नुपथ्र्यो । सन् २०२० को ६ डिसेम्बरमा गिनिजले ट्र्याप्सलाई विश्वकै सबैभन्दा अग्लो परिबारको मान्यता दिएको थियो ।ट्र्याप परिवारलाई कपडा र जुत्ताहरू किनमेल गर्न पनि समस्या छ । आफूहरूलाई मिल्ने साइज पाइदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर