संविधानको हुवहु भएको नागरिकतासम्बन्धी अध्यादेश सर्वोच्चले उल्टाइदियो : पोखरेल — OSNepal

संविधानको हुवहु भएको नागरिकतासम्बन्धी अध्यादेश सर्वोच्चले उल्टाइदियो : पोखरेल

LC (KTM) June 11, 2021 0

काठमाडौंँ २८ जेठ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुवहु भएका दावी गरेका छन् ।

मन्त्री पोखरेलले हिजो सर्वोच्च अदालतले सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न भनी दिएको अन्तरिम आदेशप्रति आपत्ती जनाउँर्द समाजिक सञ्जालबाट यस्तो प्रतिक्रिया दिएका हुन् ।

मन्त्री पोखरेलले भनेका छन् , नागरिकता संवन्धि अध्यादेश संविधानको हुवहु थियो। त्यस सम्वन्धमा सर्वोच्चका परमादेश थिए। तर सर्वोच्चलेनै उल्टाइदियो । धन्य छौ हामी।

उनले लेखेका छन्, “नागरिकतासम्बन्धी अध्यादेश संविधानको हुवहु थियो । त्यस सम्वन्धमा सर्वोच्चका परमादेश थिए । तर, सर्वोच्चलेनै उल्टाइदियो । धन्य छौँ हामी” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर