दीपक मनाङेले दिए पदबाट राजीनामा — OSNepal

दीपक मनाङेले दिए पदबाट राजीनामा

LC (KTM) June 11, 2021 0

काठमाडौं जेठ २८ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । स्वतन्त्र उम्मेदवारबाट मनाङ क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित भएका सांसद मनाङेले प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि राजीनामा दिएका हुन् ।

गुरुङले विश्वसको मत लिदा अनुपस्थित भएका मनाङेले राजीनामा पत्रमा प्रदेश सभालाई विघटनमा जान नदिनका लागि पनि आफूले विपक्षी गठबन्धनलाई साथ दिने निर्णय गरेको उल्लेख गरेका छन्।
यता मुख्यमन्त्री गुरूङले पनि हिजो बिहिबार साँझ नै मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेको पत्रसमेत सार्वजनिक गरेका थिए ।

राजीनामा पत्र विहिबार नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर