चलचित्र 'चुरीफुरी' युनिटले वितरण गर्यो राहात — OSNepal

चलचित्र ‘चुरीफुरी’ युनिटले वितरण गर्यो राहात

LC (KTM) June 11, 2021 0

काठमाडौं, २७ जेठ -चलचित्र चुरीफुरी परिवारले कोरोना महामारीले गरिएको लकडाउनले गर्दा काम गरेर खान नपाएका परिवारहरुलाई काठमाडौको बसुन्धरामा रहेका केही पिडितहरुलाई खाध्यान्न तथा मास्क प्रदान गरेको छ ।

गत १६ बैशाखदेखि जारी लकडाउनका कारण छाक टार्न गाह्रो भएका केही एकल महिला, अपांग तथा मृगौलाको बिरामी र ज्यालामजदुरहरुलाई चामल, तेल,नुन, बिस्कुट ,मास्क जस्ता सामग्री करिब २० देखि एक महिनालाई पुग्ने गरी प्रदान गरिएको छ । सो क्षेत्रका २५ परिवारलाई २५ बोरा चामल सहित विभिन्न खाद्य सामग्री प्रदान गरिएको चुरीफुरीका निर्माता निर्देशक ऋषीराज आचार्यले बताएका छन् ।

चलचित्र चुरीफुरीको तर्फबाट गरिएको राहत बितरन चलचित्र निर्देशक तथा निर्माता ऋषिराज आचार्य र सह निर्माता बिमला भुसालले राहत बितरन गरेका हुन । महामारीमा थोरै भएपनी राहत होस भनेर केही पीडितहरुलाई राहत बाडेर सेवा गर्न पाएकोमा निर्देशक आचार्यलाई खुशी लागेको बताउछ्न।
चलचित्र चुरीफुरी आगामी १ असोजमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

यो फिल्ममा रबिन्द्र झा,अभिषेक श्रेष्ठ,राजिब जङ्ग बस्नेत,पुजा पन्त,सोना बज्राचार्य ,रिन्जिन गुरुङ ,शिशिर भण्डारी,दिपक आचार्य (काकु), सुबोध गौतम (एदुमे) , पवन खतिवडा (म्याकुरी ),सुरबिर पन्डित, सुनिता श्रेष्ठ , ऋतु आचार्य ,राजेन्द्र खाती,लक्ष्मी ढकाल(जोया),महेश्वर आचार्य ,कमल सिंह ,अस्मिता बस्नेत ,सरिस्मा मगर ,तुलसी प्रशाद श्रेष्ठ ,रश्मि आचार्य ,लक्ष्मण अधिकारी ,दिल गोदार,जि.पि.पाठक,मनिल तामाङ आदि कलाकार छन् । यो फिल्मको सह निर्मातामा बिमला भुसाल ,राजेन्द्र खाती, शिव थापा, निर्मातामा ऋषिराज आचार्य, रिना ढकाल भण्डारी र लेखक निर्देशकमा आचार्य आफैं छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर