आरोहण अनुमतिबाट ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन — OSNepal

आरोहण अनुमतिबाट ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन

LC (KTM) April 26, 2022 0

काठमाडौं-जारी सिजनमा नेपालका २५ वटा हिमाल आरोहणका लागि ८ सय ७६ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ७३ देशका नागरिक छन्। आरोहण अनुमतिबाट विभागले ४४ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। जारी सिजनमा १ सय ८ समूहका ६ सय ८५ पुरुष र ? सय ९१ महिलाले आरोहण अनुमति पाएका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि ५७ देशका ३७ समूहका ३ सय २ जना (७२ महिला र २३० पुरुष)ले अनुमति लिएका छन् । सगरमाथाबाट मात्र सरकारलाई ३७ करोड ८० लाख रुपैयाँ राजस्व प्राप्त सङ्कलन भएको छ।

आरोहणको लागि अनुमति लिनेमा सबैभन्दा बढी सगरमाथा (८८८४.८६ मिटर) आरोहणका लागि छन् । दोश्रोमा लोत्से (८५१६ मिटर) को लागि ११ समूहका १ सय ३ जना, तेस्रोमा अमादब्लम(६८१४ मिटर)का लागि ९ समूहका ९७ जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने कानुनी व्यवस्था छ । आजको कारोबार दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर