तनहुँको भिमाद नगरपालिकामा गठबन्धन भर्सेस एमाले — OSNepal

तनहुँको भिमाद नगरपालिकामा गठबन्धन भर्सेस एमाले

LC (KTM) April 26, 2022 0

तनहुँ-तनहुँको भिमाद नगरपालिकामा सत्ता गठबन्धन दलले तालमेल गरेरे उम्मेद्वारी दिएका छन् । भिमाद नगरपालिकामा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले भर्सेस चार दलको प्रतिष्पर्धा हुने भएको छ । एमालेसँग सत्तारुद्ध दल नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्रसँगै राष्ट्रिय जनमुक्ती पार्टीले तालमेल गरेर निर्वाचन लड्दैँछन् ।

सोमबार भएको उम्मेद्वारको मनोनयन दर्तामा एमालेबाट मेयरमा दधिराज सुवेदी र उपमेयरमा शारदा खनालले उम्मेद्वारी दर्ता गराए । खानलले फेरी उपमेयरमा दोहोरिनलाई उम्मेद्वारी दर्ता गराएकी हुन् । गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका काजिमान श्रेष्ठले मेयरमा र नेपाली कांग्रेसका मिलन आलेले उपमेयरमा उम्मेद्वारी दर्ता गराएका छन् ।

घिरिङ गाउँपालिकामा पनि कांग्रेस र एकीकृत समाजवादी पार्टीले तालमेल गरेका छन् । घिरिङ गाउँपालिकाको अध्यक्षमा एमालेबाट होमबहादुर थापा र उपाध्यक्षमा राधादेवी अधिकारीको मनोनय परेको छ । गठबन्धनबाट अध्यक्षमा कांग्रेसका गंगा कुमाल र उपाध्यक्षमा एकीकृत समाजवादीका पूर्णबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।

शुक्लागण्डकी नगरपालिकामा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । मेयरमा कांग्रेसका कृष्णराज पण्डित र उपमेयरमा माओवादी केन्द्रका खुमबहादुर विक (राजु) ले उम्मेद्वारी दिएका हुन् । मेयर र उपमेयरमा तालमेल भए पनि वडामा भने एक्लाएक्लै उम्मेद्वारी दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर