ओलीबाट पार्टी विधान विपरीत गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चबाट अवैध ठहर — OSNepal

ओलीबाट पार्टी विधान विपरीत गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्चबाट अवैध ठहर

LC (KTM) June 11, 2021 0

काठमाडौं २८ जेठ । नेकपा (एमाले) का नेता डा.भीम रावलले सर्वोच्च अदालतले कर्णाली प्रदेश सभाका चार सदस्यमाथिको कारवाही रोकिदिएकोमा खुसी व्यक्त गरेका छन् । हिजो बिहीबार सर्वोच्चका न्यायाधीश प्रकाशसिंह राउतको इजलासले बिहीबार सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।

यही विषयलाई लिएर नेता रावलले सर्वोच्च अदालतको फैसलाले केपी ओलीबाट पार्टी विधान विपरीत गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरेको बताएका छन् । सबैलाई राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा अभियान जारी राख्न समेत आग्रह गरेका छन् ।

रावलले सामाजिक सञ्जालमा लेखेका छन,“आज सर्वोच्च अदालतको फैसलाले केपी ओलीबाट पार्टी विधान विपरीत गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरी कर्णाली प्रदेश सभाका चार सदस्यमाथिको कार्वाई रोकिदिएको छ।चारैजना प्रदेश सभा सदस्य कमरेडहरूलाई बधाई१ राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा अभियान जारी राखौं !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर