२५ वर्षे निजामति सेवा पूरा गरेका भुसालले मेयरको टिकटको आशमा उप सचिवबाट राजीनामा दिए तर हातमा लाग्यो शुन्य — OSNepal

२५ वर्षे निजामति सेवा पूरा गरेका भुसालले मेयरको टिकटको आशमा उप सचिवबाट राजीनामा दिए तर हातमा लाग्यो शुन्य

LC (KTM) April 26, 2022 0

काठमाडौ १३ वैशाख । मेयरको टिकट पाइने आशमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएका विष्णुप्रसाद भुसाल मेयरको टिकट भने पाएनन् ।

कांग्रेसका नेता डा। शशांक कोइरालाले देवचुली नगरपालिकामा मेयरको टिकटको लागि आश देखाएपछि उप सचिवबाट राजीनामा दिएका विष्णुप्रसाद माथि यति बेला बज्रपात नै परेको छ ।

उनको साट्टो कांग्रेसले मेयरको टिकट विष्णु बस्ताकोटी लाई दिएको हो ।
२५ वर्षे निजामति सेवा पूरा गरेका उनले राजनीति सम्भावनाको खेल भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर