हुम्लाको दुई पालिकाका ७ वडामा दलित महिला सदस्यको लागि मनोनयन नै परेन — OSNepal

हुम्लाको दुई पालिकाका ७ वडामा दलित महिला सदस्यको लागि मनोनयन नै परेन

LC (KTM) April 26, 2022 0

काठमाडौं १३ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि हुम्लाको दुई पालिकाका ७ वडामा दलित महिला सदस्यका लागि मनोनयन नै परेन ।

हुम्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार नाम्खा गाउँपालिका १-६ वडा र चंखेली गाउँपालिका वडा नम्बर ५ मा दलित महिला सदस्यको उम्मेदवारी नपरेको हो ।

आयोगले दिएको जानकारी अनु सार ति दुई पालिकामा दलित समुदाय नभएका कारण उम्मेदवारी नपरेको हो । अन्य पालिका भने दलित महिलाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

४० वटा वडा रहेको हुम्लामा ७ वडामा भने दलित महिला सदस्य नपरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर