आमाको सम्मानमा सुन्दरी गायिका एलिनाले ल्याइन् ‘मेरी आमा’, भिडियोको चर्चा — OSNepal

आमाको सम्मानमा सुन्दरी गायिका एलिनाले ल्याइन् ‘मेरी आमा’, भिडियोको चर्चा

LC (KTM) April 26, 2022 0

कथा होस या कला, यी सबै कुराले हाम्रो संस्कृति र परम्परालाई जोगाउन मदत गरी रहेकै हुन्छन् । अझ साहित्य वा संगीतको कुरा गर्ने हो भने त यसमा चार्ड पर्वको प्रत्यक्ष प्रभाव भएको पाउँछौ । अहिलेको पिडिले भोली आउने सन्ततिलाई संस्कृति र परम्परा हस्तान्तरण गर्ने एउट मूल आधार संगीत हो ।

पढाईएको पाठ भन्दा देखाईएको संगीतबाट नयाँ पुस्ताले त्यस्लाई सहजै स्विकार गरीएको पाहिन्छ । संगीतले मुटु छुन्छ, संगीतले मनको भाव बोल्छ । त्यसैले त धेरै कलाकारहरु यहि मनको आवाज बोलेर चिनिएका छन् । कलाकारहरुले आफ्नो देशको परम्मरा जोगाउन धेरै मदत पुय्राई रहेका हुन्छन् ।

यस्तै यहि वैसाख १७ गते परेको मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)को अवसर पारेर गायिका एलिना चौहानले आमा सम्बन्धी गीत “मेरी आमा” उनकै युटुब च्यानल मार्फत सार्वजनिक गरेकि छिन् । गीतका शब्द चर्चित लेखक लेखु सहयात्रीले लेखेका हुन भने संगीतपनि उनैको रहेको छ ।

आमामा समर्पीत उत्त गीतको संगीत संयोजन भने विशम आचार्यले गरेका छन् । गीतमा आमाले आफ्नो सन्तान प्रती गरीएको स्नेह प्रस्ट रुपमा झल्केको छ र आमालाई देविको अर्को रुप हौ भनिएको छ ।

गीत सुन्दै गर्दा आमाले सन्तान प्रती गरेको दुःख, आफुले पाएको दुःख र सन्तानले गर्नु पर्ने कर्तब्यलाई प्रस्टाउन खोजिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *